नियम २०
आम्दानी रकम बुझ्ने र दाखिला गर्ने
(१) नगरपालिकालाई प्रचलित कानून बमोजिम
प्राप्त हुने रकम आम्दानी रसिद काटी बुझि लिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको रकम गोश्वारा भौचर उठाई
सम्बन्धित खातामा आम्दानी बा“धी त्यस्तो नगद प्राप्त भएको भोलिपल्ट सम्ममा बैड्ढ
दाखिला गर्नु पर्नेछ ।
(३) नगरपालिकाको आम्दानी रकम बैड्ढ दाखिला गर्ने र लेखा राख्ने उत्तरदायित्व
सचिवको हुनेछ ।